९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

दबाब समितिले सभापति खड्कालाई ज्ञापनपत्र बुझायो | kiratsamachar



माङ्सेबुङ –  प्रदेश १ को नाम बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै शान्तिपूर्ण नैतिक दबाब समितिले नेपाली कांग्रेस इलाम जिल्ला समितिका सभापति डम्बर खड्कालाई ज्ञापनपत्र बुझाइएको छ ।

राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत आइतबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग दर्शन भेटको लागि सभापति खड्का माङसेबुङ पुग्दा ज्ञापनपत्र बुझाएको शान्तिपूर्ण नैतिक दबाब समितिका सह संयोजक केहेरसिं योङहाङले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : १८ बजे