९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पथरीमा मनाए जितिया पर्व | kiratsamachar



पथरी   – पथरी शनिश्चरे नगरपालिका वडा – ८ सोमबारे बजारमा जितिया पर्व विषेश कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

शुक्रबार थारु कल्याणकारी समाज वडा समितीको आयोजनामा तराईको लोक पर्वको रूपमा मान्दै आएको जितिया पर्व पथरी नगरको सोमबारे बजारमा जितिया पर्व बिशेष कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नविन कार्कीले भने ‘थारु जातिको सास्कृतिक नृत्य सहित आयोजना गरिएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले आगामी दिनमा वडाबाट सम्पुर्ण जाती/जनजातीको भाषा, कला, सस्कृतीको संरक्षणका लागि वडाले सधै सहयोग गर्ने र थारु जातीको मौलिक पोषाक र आवश्यक सामाग्री वडा बाट उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन ।’

कार्यक्रममा झमकबहादुर लिम्बू, शिवकुमारी बिश्वकर्मा, शान्ता योङहाङ, पुर्ब वडा अध्यक्ष बाबुराम दाहाल लगायतको उपस्थिति रहेको कार्यक्रम रामदेव चौधरीले संचालन गरेका थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ०२ बजे