२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

रंगकर्मि, फागो इलामबाट चुनाव लड्ने निश्चित भएसंगै किरात धर्मगुरुसंग भेटदर्शन



किरात समाचारः संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान प्रान्तीय मञ्च इलामले इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभामा लेखक, सामाजिक अभियान्ता ,रंगकर्मि तथा निर्देशक विक्रम वनेम फागोलाई सिफारिस गरेसंगै किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङसंग भेटदर्शन गरेका छन् ।

बुधबार किरात धर्मगुरु निजी आश्रममा इलाम क्षेत्र नं. २ (ख) बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार विक्रम वनेम फागोले किरात धर्मगुरुसंग भेटदर्शन गरेका हुन ।

लामो समयसम्म किरात धर्म सम्बद्ध युवाहरुको साझा संगठन किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोको सदस्य, उपाध्यक्ष र अध्यक्ष सम्हालि सकेका फागोले प्रदेश सभा सदस्यको लागि दाब सहितको खुकुरी चुनाव चिन्ह लिएर जनतासंग भेटघाटलाई तिब्रता दिएका छन् ।

भेटघाटलाई सुरुआत गर्नका लागि सर्वप्रथम किरात धर्मगुरुलाई गरेर इलामको बिभिन्न स्थानमा जाने भएका छन् ।

भेटका क्रममा किरात धर्मगुरुले सकरात्मक प्रतिक्रिया दिनुहुदै आशिर्वाद समेत दिनुभएको वनेमले किरात समाचारलाई बाताए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : १४ बजे