७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा एमसीसी हुबहु कार्यान्वयन नगर्न खबरदारी



इलाम : अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा इलाममा बुधबार प्रदर्शन भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन र युवा संगठन वाईसिएलले एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी कार्यान्वयनअघि यसम्बन्धी सम्झौता संसदबाट अनुमोदन जस्ताको त्यस्तै संसोधन गर्नु नहुने भन्दै विरोध गरिएको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी भएको विरोधमा दलका कार्यकर्ताहरु सडकमा उत्रिएसँगै ‘एमसीसी खारेज गर’ को नारा लगाएका हुन् । एमसिसीको विरुद्धमा वाइसीएल नेपाल इलाम जिल्ला समन्वय समिति र अखिल क्रान्तिकारीद्वारा सयुक्त बिरोध कार्यक्रम र मसाल जुलुसको आयोजना गरेको वाइसिएल नेपालका केन्द्रिय सदस्य बिक्रम लिम्बुले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ३५ बजे