२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

किरात याक्थुङ पापोहाङ लाओती सयङको प्रथम भेला सम्पन्न



किरात समाचारः किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको प्रथम साधारण सभा इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको छ ।

शनिबार किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोका तदर्थ समितिका अध्यक्ष शेरबहादुर लाओतीले दिपप्रज्वन गर्नुहुदै प्रथम साधारण सभा सम्पन्न भएको हो ।

सभाले किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय समिति गठन समेत भएको थियो । केन्द्रीय पदाधिकारी तथा सदस्यहरुमा क्रमश, शेरबहादुर लाओतीको अध्यक्षतामा ५१ केन्द्रीय सदस्यहरु उपाध्यक्ष कुलबहादुर लाओती (माङसेबुङ), धर्मजंग लाओती (काठमाण्डौ), दिल्लीबहादुर लाओती (मिक्लाजुङ) कमला योङहाङ लाओती (दमक), तिलप्रसाद लाओती (बेलायत), महासचिव सुमन लाओती (माङसेबुङ), सचिव योगेश  लाओती (माङसेबुङ), सहसचिब बमप्रसाद लाओती र निङवा लाओती (माङसेबुङ), कोषाध्यक्ष दुधबहादुर लाओती (माङसेबुङ), सहकोषाध्यक्ष बिष्णुकला लाओती (माङसेबुङ), रहेका छन् ।

यस्तै सदस्यहरु क्रमशः मनकुमार लाओती(माङसेबुङ), मिलन लाओती (दमक), अञ्जु सङमी लाओती(माङसेबुङ), हर्कसिंह लाओती (माङसेबुङ), महेन्द्र लाओती (तुम्बेवा), फुलकुमार लाओती (मोरङ), जोग लाओती (बेलायत), सिंगराज लाओती (मिक्लाजुङ), सुरेश लाओती (माङसेबुङ), मेघराज लाओती(मिक्लाजुङ), कबिन्द्र लाओती (लुम्फाबुङ), विजय लाओती (श्रीअन्तु), टिकाराम लाओती (मिक्लाजुङ), मणि लाओती (तुम्बेवा), घनश्याम लाओती (भारपा), भीमबहादुर लाओती (दानाबारी), कालेन्द्र लाओती (धरान), महासिं लाओती (झापा), अर्जुन लाओती (शिवतसतासी झापा), बमबिक्रम लाओती(कमल झापा), डिल्लीश्वर लाओती (काठमाण्डौं), गुमानसिं लाओती(आसाम), प्रेम लाओती(कालेम्पुङ), तेजबहादुर लाओती(आसाम), शान्तिला सम्बाहाङफे लाआती(यासोक), कालीबहादुर लाओती(बेल्डागी झापा), दिलकुमार लाओती (मिक्लाजुङ मोरङ), डम्बर लाओती (सिंहदेबि मोरङ), रामकुमार लाओती(सिदेन पान्थर) तेजमान लाओती (माङसेबुङ), लिला कन्दङवा लाओती (भद्रपुर झापा), सरिता लाओती(काठमाण्डौं), कुलबहादुर लाओती (भुटान), रामप्रसाद लाओती(अमेरिका), अमरसिंह लाओती (माङसेबुङ),बुद्धहाङ लाओती (बिर्तामोड) रामप्रसाद लाओती (माङसेबुङ),मिसिरमान लाओती (मिक्लाजुङ), बुद्धिमान लाओती (बेलायत) सबिना लाओती (बेलायत) रहेका छन् ।

यसरी नै संस्थाको सल्लाहकारमा जगतबहादुर लाओती, दिलबहादुर लाओती, डम्बर लाओती रहेका छन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ५५ बजे