८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

आसाममा किरात धर्म दर्ता, संघका अध्यक्ष थेगिमद्वारा बधाई



किरात समाचार : छिमेकी देश भारतको आसाममा किरात धार्मिक संस्था विधिवत दर्ता भएको छ ।

सो कुरा समाजिक सन्जालमा संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले उल्लेख गरेका छन ।

भारतको आसाम राज्यमा किरात रिलिजन एन्ड लिट्रेचर अफ्लिमेन्ट एसोसिएसन आसाम विधिवत रूपमा दर्ता भएकोमा थेगिमले सन्जालमा लेखेका छन ।

उनले भनेका छन छिमेकी मित्र राष्ट्र भारतको आसाम राज्यमा किरात रिलिजन एन्ड लिट्रेचर अफ्लिमेन्ट एसोसिएसन आसाम बिधिवत दर्ता भएकोमा समस्त आसामवासी किरात धर्मावलम्बीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै आसाम राज्य सरकारप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

सामाजिक सन्जाल मार्फत संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले आसामबासी किरात धर्मावलम्बीहरुलाई बधाई दिदै आसाम राज्य सरकारप्रती हार्दिक आभार प्रकट समेत गरेका छन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : ०१ बजे