७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्वर्गिय शंकर मादेनको स्मृतिमा व्याडमिन्टन प्रतियोगिता



किरात समाचार :  आत्मा पबित्र हक्चात यक्चुमको आयोजनामा आइतबार आयोजित शंकर मादेन स्मृतिमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।

स्वर्गिय शंकर मादेनको स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि सुमन लाओती र सन्तोष कार्कीढोलीले जितेको छ ।

माङ्सेबुङ ३ स्थित अस्थाई व्याडमिन्टन खेलमैदानमा आइतबार भएको फाइनल खेलमा समुह ए का सुमन आङदेम्बे र सुजन आङबुहाङलाई हराउँदै समुह बी का सुमन, सन्तोषले उपाधि जितेको हो ।

फाइनल खेलमा सुमन सन्तोषले, सुमन आङदेम्बे र सुजन आङबुहाङलाई पहिलो सेटमा हराएको थियोे । पहिलो सेटमा २४–१३ ले सुमन सन्तोषले जितेको थियोे भने दोस्रो सेटमा सुमन र सुजनले २१–१५ को सेटमा बराबरी बनाउदै खेल बेस्ट अफ थ्रीमा पुगेको थियोे । त्यस्तै बेस्ट अफ थ्री खेल तेस्रो सेटका लागि लाओती र कार्कीढोलीले, २६–२४ अंक ल्याउदै आङदेम्बे र आङबुहाङ उपविजेता बनेको थियो ।

आत्मा पबित्र हक्चात यक्चुमको अध्यक्ष मन कुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको फाइनल खेलको पुरस्कार प्रायोजन युवा समाजसेबी दिपक तिगेला, छाेरा सेइङ  र गौहाङमा साम्बाले गरेको हुन भने  गरेका हुन । गौहाङमा स्व शंकर मादेनको श्रीमती हुन् ।

प्रतियोगिताको विजेताले नगद ३ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र र उपविजेताले नगद २ हजार रुपैयाँ मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा माङसेबुङ ५ का विभिन्न टोलका गरि ८ टिमको सहभागिता रहेको थियो ।

स्वर्गिय मादेन आत्मा पबित्र हक्चात यक्चुमका कोषाध्यक्ष हुन । उनले किरात धर्ममा लामो समयसम्म योगदान गरेका थिए । त्यहीक्रममा अल्पआयुमै निधन हुनुभएको थियाे ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ३७ बजे