७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यू–१७ एसियन कप छनौटमा थाइल्याण्डसँग ३–० गोल अन्तरले नेपाल पराजित



इलाम – नेपाल एएफसी यू–१७ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको छ । बुधबार भियतनामको फुथोस्थित भियत त्रिस्टेडियममा बुधबार भएको खेलमा थाइल्याण्डसँग ३–० गोल अन्तरले नेपाल पराजित भएको हो ।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल र थानाक्रित जाम्पालीले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै ६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३–० गोलको जित दिलाए ।

जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ११ : ४६ बजे