५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

पान्थरमा सहिद ‘माङ्तोक’को १५ औं स्मृति दिवस मनाइयो



पाँचथर – लिम्बुवान आन्दोलनका आधुनिक प्रथम सहिद राजकुमार आङदेम्बे ‘माङ्तोक’को १५औ स्मृति दिवस कार्यक्रम मनाइएको छ ।

सहिद माङ्तोक- मनिल स्मृती प्रतिसठान पान्थरको आयोजनामा बिहीवार फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा स्मृति दिवस मनाइएको हो ।

२०६४ साल असोज २० गते का दिन सम्बिधान सभाको चुनाब पुर्ण समानुपातिक प्रणाली बाट गराउने र अरुण- सप्तकोशी पुर्वको ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य निर्माण को निमित्त आन्दोलित हुने क्रममा लोकमार्ग को कमल खोला सडक किनारमा ससस्त्र प्रहरी को गोली लागी सहादत प्राप्त सहिद माङतोक चुलाचुली १ कमल का स्थाइ बासिन्दा हुन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय सचिव सुनिता केरुङ, सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला सचिव सुबास केरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सहिद माङ्तोक-मनिल स्मृति प्रटिष्ठानका अध्यक्ष डिआर हाङ्सरुम्बाको अध्यक्षतामा र सचिव कुमार यवा मौसमले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  २ : ४९ बजे