पाँचथर – नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका खड्गसुन्दर लावतीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले तोकेको समय-सीमाभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लावतीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।
लावतिले पाँचथर प्रदेशसभा क्षेत्र नं. २ बाट गठबन्धनविरुद्ध उम्मेदवार बनेका थिए । कांग्रेसका पुराना नेताको रूपमा परिचीत लावती पार्टीको निर्देशनअनुरुप उम्म्मेदवारी फिर्ता लिएको उनले बताए ।


