२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

जसपाको चार मन्त्री पदमुक्त



इलाम – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार मन्त्रीहरुलाई पदमुक्त गरेका छन् । बिहिवार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन्।

मन्त्रीबाट पदमुक्त हुनेमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ। गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएर उक्त मन्त्रालय रिक्त भएको थियो ।

जसपाबाट मन्त्री भएका चार जनालाई पदमुक्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने छन् ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : २३ बजे