माङ्सेबुङ – मोरङ क्षेत्र नम्बर १ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर चेम्जोङले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’संग गुरु भेट दर्शन गरेका छन् ।
शुक्रबार इलामको माङ्सेबुङ ५ लारुम्बा गुरुनिजि आश्रम स्थित गुरु आत्मानन्द सेइङ संग चेम्जोङले भेट दर्शन गरेका छन् । मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका चेम्जोङले किरात धर्मगुरुसंग आशीर्वाद लिएका छन् । 
मोरङ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका डिगबहादुर चेम्जो र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा खतिवडा चेम्जोङसंग पराजित भएका थिए । त्यस्तै २०७४ को निर्वाचनमा चेम्जोङ खतिवडा संग पराजित भएका थिए ।
मोरङ क्षेत्र १ मा १४ जनाको प्रतिस्पर्धा
लोकतान्त्रिक बाम गठबन्धनका डिगबहादुर चेम्जोङ र नेकपा एमाले का घनश्याम खतिवडाको मुख्य चुनावी प्रतिस्पर्धा हुनेछ । त्यस्तै राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् ।यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
।


