किरात समाचार : इलामको माङ्सेबुङ गाउँपालिका भरिका शैक्षिक सस्थामा खेलकुद सामाग्री बितरण गरिएको छ ।
नेपाली काङ्ग्रेस माङ्सेबुङ गाउपालिका उपसभापति यलम्बर साम्बाको हस्तबाहुलिमा आज सोमबार माङ्सेबुङ वडा ४ स्थित जनज्योति आबिमा खेलकुद सामाग्री र स्टेसनरी सामाग्री बितरण गरिएको जनाएको छ ।
पाच लाख बराबरको शैक्षिक, खेलकुद सामाग्री गाउपालिका भरिका शैक्षिक सस्था,क्लबहरुमा बितरण गरिने काङ्ग्रेस इलामका सदस्य खडग साम्बाले जानकारी दिए ।
यशअघि माङ्सेबुङ ६ वडामा भलिबल ४ थान, फुटबल ३ थान नेट लगायत सामग्री बितरण भइसकेको उपसभापति साम्बाले जानकारी दिए ।