किरात समाचार: प्रदेश सभा निर्वाचन ४ मंसिर नजिकिदै गर्दा इलाम क्षेत्र नम्बर २ ‘ख’ मा दाप सहितको खुकुरी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका विनय कुमार ‘विक्रम वनेम फागोले’ चुनावी अभियान तीब्र बनाएका छन् ।
इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ र २ बाट आफ्नो चुनावी अभियान थालेको फागोले चुलाचुली पश्चात् माङ्सेबुङमा चुनावी अभियान थालेको बताएका छन् । उनले भने ‘ चुनावी अभियानको क्रममा चुलाचुलीबासी जनताहरु उत्साहजनक रहेको बताए ।’
बिहिवार चुनावी घरदैलो अभियान तथा भेटघाटको कार्यक्रम लिएर फागो इलामको माङ्सेबुङ आइपुगेका छन् । चुनावी अभियानमा आज माङ्सेबुङको वडा ५ का विभिन्न टोलहरुमा चुनावी घरदैलो अभियान कार्यक्रम रहेको जानकारी दिए ।
प्रदेश सभामा त्रीपक्षिय प्रतिस्पर्धा
४ मंसिर प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्र तर्फका हर्क बहादुर लावती (कान्छा), एमालेका राम बहादुर राना र राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाङफेसंग स्वतन्त्र उम्मेदवार फागो प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नम्बर २ ‘ख’ मा नेकपा एमाले र गठबन्धनका माओवादी केन्द्र दुई बलियो पार्टीको रूपमा रहेको छ ।
०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ क मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का नेकपा एमालेका राम बहादुर मगरसंग ३ हजार ५ सय ५२ मतले पराजित भएका थिए । त्यस्तै माओवादी र एमाले गठबन्धनका रानाले १९ हजार ८ सय ३८ मत ल्याएर बिजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेँसका तर्फबाट डम्बर खड्काले १६ हजार २ सय ८६ मत ल्याएको थियोे ।
राजनीतिमा लामो समय निरपेक्ष रहेका फागो पहिचानको आन्दोलनमा तीन दशकदेखि बैचारीक बहस र कलम चलाउँदै आएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका संघीय लिम्बुवान प्रान्त्तीय मन्चबाट दाप सहितको खुकुरी चिन्ह लिएर विनय कुमार फागु (बिक्रम) ले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका हुन ।
नेपाली साहित्य, रंगमञ्च, लिम्बू भाषिक म्युजिक भिडियो क्षेत्रमा कुशल निर्देशनको चर्चा कमाएका फागु सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले किरात धर्मसंग सम्बद्ध युवाहरुको धार्मिक साझा संगठन किरात साम्यो नालीफुङवामा चार दशक कार्य गरिसकेका छन् ।
इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गका गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (ख ) मा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन् ।
क्षेत्र नम्बर २ (ख ) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।


