६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित



एजेन्सी  चिनियाँ राष्ट्रपति सी चिनफिङ  चीनको राष्ट्रपतिमा पुनः तेस्रो कार्यकाल लागि निर्वाचित भएका छन्  ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो ।

एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् ।

सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन ।
जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिनुहुने भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३३ बजे