२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

समाचारको प्रभाव: दाल पहेलिदै मर्न थालेपछि स्थानीय सरकार अनुगमन गर्दै



माङसेबुङः गत ११ कार्तिकमा माङसेबुङमा पहेले रोगले फुल्दै गरेको दाल मर्न थालेपछि समाचार सार्वजनिक गरिएसंगै समाचार प्रभाव भएको छ ।

मंगलबार गाउपालिकाको कृषि प्राबिधिक टोली माङसेबुङका कृषि दालबालीमा देखेको समस्याको आधिकारिक रूपमा अनुगमन गरेको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पीडित कृषकहरूको दालमा देखिएको समस्याको बारेमा कृषि प्राबिधिकहरुसंग पहिचान गरेपछी कृषि ज्ञान केन्द्रमा पठाइने र गाउँपालिकामा छलफल गर्ने बताउनु भयो ।

अनुगमनको क्रममा खेती ग्रसित क्षेत्र वडा ५ र ३ मा अध्यक्ष राई, कृषि शाखा इन्चार्ज निरुपा राई, राजु माबोहाङ , मनकुमार मगर ५ वडा अध्यक्ष नरेन्द्रकुमार राई, वडा सदस्य सुरेन्द्र तुम्भाहाङ्फे लगायतले अनुगमन गरेको थियो ।

कृषि शाखा इन्चार्ज निरुपा राईले लामो समयसम्म एकनासे बाली लगाएको कारण दालमा समस्या हुने गरेको बताइन । उनका अनुसार, ‘यो एक कोसे बालिमा लाग्ने भाइरस हो ।’ यस्ता सङक्रमणबाट वचन घुम्ती बाली लगाउनु पर्ने बताउनु हुन्छ । यस्को लागि माटो , दालको बिरुवा ल्याप टेस्ट गरेर पहिचान हुने बताउनु हुन्छ ।

स्थानीय सरकार अनुगमनमा आउँदा पीडित कृषकहरुको घाउमा मलम लागेको छ । कृषकहरुले कृषि क्षेत्रमा भोग्दै आएको समस्या स्थानीय सरकारको आमुन्ने सामुन्ने रहेर बताउन पाउँदा मनमा शान्तिको आभास गरे ।

माङसेबुङ ५ र ३ वडामा देखिएको दालको समस्याको बारेमा ५ नं. वडा अध्यक्ष राईका अनुसार अनुगमन पश्चात प्रतिवेदन गाउपालिकामा पठाएपश्चात गाउकार्यपालिकाले यसबारे कृषकहरुसंग छलफल गरेर अध्ययन गर्ने बताएका छन् ।

दालमा कोषा लाग्नुपर्ने रोग लागेपछी माङ्सेबुङका किसान चिन्तित छन् । पाखाबारीमा लगाएको दाल फुल्ने बेलामा पहेलिदै मर्न थालेपछि माङ्सेबुङका किसानहरु चिन्तित भएको हो ।
सिचाइ नभएका भिरालो जमिनमा मात्र होइन ओसिलो भएको खेतबारीमा समेत फुल्दै गरेको दाल मरेको छ । यसअघि माङसेबुङमा फलेको पहेली दाल नेपालमा मात्रै होइन हङकङ, युके, अमेरिका सम्मपुग्ने गरेको कृषक बताउछन् ।

किरात समाचारको लागि शरण केरुङले तयार पारेको सामाग्री

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : १८ बजे