६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङ्सेबुङ गाउँपालिकामा निर्वाचन र मतदान शिक्षा



किरात समाचारः माङ्सेबुङ गाउँपालिकाले मङ्सिर ४ मा हुन गइरहेको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन शिक्षामा ६ वटै वडाका स्वयंसेबिका, विद्यालयका प्रधानाध्यापक,पालिका कर्मचारी लगायत विभिन्न दलहरूले उपस्थित जनाएको थियो।

इलाम निर्वाचन कार्यालयबाट प्रशिक्षक कृष्ण लिम्बुका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि इलाम निर्वाचन कार्यलय,निर्वाचन आयोग र निर्वाचन कार्यलय मात्रै नभएर सम्पुर्ण मतदाता लाग्नुपर्ने बताउनु भयो। कार्तिक १८ देखि मङ्सिर ३ गते सम्म निर्वाचन शिक्षा, मतदाता शिक्षाको लागि स्थानिय तहबाट नियुक्ति भएर खटिएका स्वायंसेविकाहरुले बदर मतबाट बच्न र सदर मतका लागि ठूलो भुमिका रहने छ ।

मतदाताले आफुले लगाएको छाप अरु कसैलार्इ देखाएमा १५ हजार जरिवाना गरिन्ने उल्लेख रहेको मतदाता शिक्षमा रानकारी भयो । अरु कसैको नामबाट मतदान गरेमा २५ हजार जरिवाना गरिने छ । सकली मतदाताले आफ्नो ३ तीन पुस्ते परिचय खोल्ने नगरिक्ता,मतपत्र लिएर आएमा सोही नामको मत नक्कली मतदाताले हालेमा यस्तो समयमा मतपत्र दिने मतदान अधिकृतले गोप्यमत मतपेटिकामा हाल्न नदिइ निवेदन खाममा हाल्ने र स्टिज हाल्ने क्रममै रुपमा नियम अनुसार ४ चारओटै मत निवेदन खाममा हाल्ने लाहाछाप लगाउन र मत बराबर भएको समयमा यो निवेदन मतको आधारमा घोषणा गरिने बताउनु भयो।

पालिका प्रशासकीय अधिकृत बिनोद कुमार चौहानका अनुसार माङसेबुङ को ६ वटै वडाका स्वायंसेविकाहरुलाई निर्वाचनको लागि यो निर्वाचन शिक्षा , मतदाता शिक्षा संचालन गरिएको बताए ।कार्यक्रम कार्तिक १८ देखि मंसिर ३ गते सम्म सन्चालन हुने छ। स्वयंसेबिकाहरुले आफ्ने अडाको जनताको घर दाइलोमा पुगेर मतदाता शिक्षा , प्रदान गरि माङसेबुङमा बदर मत न्यूनीकरण गर्दै स्दर मत बडाउन ठूलो मूमिका खेल्दै सम्पुर्ण नागरिक समाजको पनि उतिकै महत्वपूर्ण भुमिका रहेको प्रशासकिय अधिकृत चौहानले बताउनु भयो।

किरात समाचारका लागि सरन केरूङले तयार पारेको तस्बीर र  सामग्री   

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ३ : २९ बजे