माङसेबुङ – इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित चतुरे गोलकप शुक्रबार आज भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ लाई २–० गोल अन्तरले हराउंदै आयोजक टिमले उपाधि जितेको छ ।
उपाधिका लागि आयोजकका प्रविण राइले खेलको १३ औं मिनेटमानै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २–० को जित दिलाएका थिए ।
जितसगै आयोजक टिम माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले नगद ५० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता चिबुवाले नगद ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
शुभदिपावलि २०७९ को अवसरमा ‘माङसेबुङ–३ चतुरे गोल्डकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।