किरात समाचार : इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनले आइतबार आज माङ्सेबुङ वडा नं. ५ यलम्बर चोकमा चुनावी प्रचार अभियान कार्यक्रम गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको चुनावी कार्यक्रम इलाम प्रतिनिधि सभा सदस्य क्षेत्र -२ निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का, प्रदेश सभा क्षेत्र नं. २ ‘२’ उम्मेदवार हर्क लावती ( कान्छा ) पूर्व राज्यमन्त्री बेनुप प्रसाई, पूर्व नेपाली कांग्रेस इलाम जिल्ला सभापति हिमाल कर्माचार्यले सम्बोधन गरेका थिए ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का र यसक्षेत्रबाट वि.स ०५६ सालदेखि चुनाव जित्दै आएका नेकपा एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङविच मुख्य प्रतिस्पर्धा रहेको छ ।
त्यस्तै प्रदेश सभा -२ मा लोकतान्त्रिक बाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार हर्कबहादुर लावती ( कान्छा ) बीच मुख्य प्रतिस्पर्धा हुनेछ ।



