६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

धार्मिकस्थल अठासी देवीको प्रवद्र्धनका लागि फुटबल



किरात समाचार : धार्मिकस्थल अठासी देवीको प्रवद्र्धनका लागि फुटबल प्रतियोगिता गत शुक्रबारदेखि इलामको माङसेबुङमा नाम्बीन लालीगुँरास युवा क्लव नेनेदेन माङसेबुङको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ शुरु भएको छ ।

किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक, मुहिङगुम अङसीमाङ तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित प्रस्तावित आत्मानन्द खेलमैदानमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ, एम.एस.सी.माई ६, इलाम, चियावारी एफ.सी. माई ३, इलाम, अठासी ११ सेतो, युनाइटेड एफ.सी. इलाम, एस.एफ.सी. इलाम, युनाइटेड सिम्ले कमाल गा.पा. इलाम, लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा, आयोजक रातो, चुलाचुली एप.सी. इलाम र एस। वाई. सी. सैनिक झापा गरि १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ प्राप्त गर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

युवा क्लवका अध्यक्ष गजेन्द्र योङ्हाङले प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए । योङहाङका अनुसार ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएकोे बताए ।

प्रतियोगिताको प्रथम विजेता सौजन्य नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले १ लाख प्रायोजन गरेसंगै १ थान जर्सि र ५ थान बल प्रदान गरेको छ । यस्तै नेपाली कांग्रेस क्षेत्रिय सभापति डिकेन्द्र इधिङगोले १० हजार १ सय ५, युवा व्यावसायी जसहाङ सावादेनले ५ हजार १ सय ५, कविन्द्र लाओतीबाट ५ हजार १ सय ५, यस्तै हुकुमलाल थेबेले २ थान बल, विजयप्रकाश थुलुङले २ थान बल, जितेन योङहाङले २ थान बल, सन्तोष लिम्बुले १ थान बल सौजन्य गरेका छन् । यस्तै नबिन राईबाट १ थान, सुबाश आङथुप्पो २ थान, मकालु बुक्स एण्ड स्टेशनरी दमकले लगायतले बल सौजन्य गरेको आयोजक अध्यक्ष योङहाङले बताए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : १२ बजे