७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ताप्लेजुङको विभिन्न स्थानमा लिम्बुवान गठन



ताप्लेजुङ्ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ ।

मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रान्तीय सचिव मुक्साम लाबुङ, महिला नेत्रीहरु प्रान्तीय सचिव रिता मादेन, प्रान्तीय सदस्यहरु रुपा चोङबाङ, अमृता गुरुङ र जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

नव गठित समितिको उपाध्यक्षहरुमा विगेन्द्र ओख्राबु, आईतवीर एभेङ, गजेन्द्र एभेङ, रामप्रसाद थाङदेन, त्यसैगरी सचिवमा शुक्रराज याङदेन, सहसचिवमा मंगल चोङबाङ र अर्थसचिवमा सञ्चमान चोङबाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चन्द्र कुमार चोङबाङ, नर बहादुर ओख्राबु, हरि वनेम, दिपेश ओख्राबु, आशवीर एभेङ, राम एभेङ, सुकवीर चोङबाङ, सुक्ला नाल्बो, सञ्चहाङ ओख्राबु रहेका छन् भने सल्लाहकारहरुमा देउमान ओखाबु, कृष्ण गोपाल थाङदेन, सन्तोष एभेङ, जैमान ओख्रबु र सञ्जवीर थोप्रा रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : ०९ बजे