७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१ नम्बर प्रदेशको नाम किरात सगरमाथा हुनुपर्नेमा जोड: आत्मानन्द सेइङ



योगेश लाओती:  १ नम्बर प्रदेशको नाम किरात सगरमाथा हुनुपर्नेमा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले जोड दिनुभएको छ ।

पहिचानको आधारमा सबै जातजाति लाई समेट्ने ´ किरात सगरमाथाप्रदेश नामाकरण गरिनुपर्ने बताउनु भयो । प्रदेश १ नमुनाको रूपमा अघि बढ्ने कुरा बताउनु हुँदै भन्नुभयो महादेव शिवपार्वति,देवि देउताको वासस्थान पनि रहेकोले ´ किरात सगरमाथा नाम राख्दा कसैलाई पनि आपत्ति नहुने बताउनु भयो ।

मंगलबार गुरुनिजी आश्रम स्थित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले आशीर्वचन प्रदान गर्नुहुदै सो कुरा बताउनु भएको हो।

यो आशिर्वाद माग्ने थलो हो । गिरिजाप्रसाद कोइरालालाई पनि मैले आशिर्वाद दिएको हु । वहाँले किरात धर्मको लागि धेरै सहयोग गर्नुभएको छ ।’ किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

राष्ट्रिय सभाको लागि प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन भएको थियो । राष्ट्रिय सभा चुनावमा मत बराबर भएपछि गोलाप्रथाबाट विजयी बन्नुभएको राष्ट्रिय सभा सदस्य गोपाल बस्नेत बिजयी भएपछि धर्मगुरु अङ्सिमाङलाई भेट दर्शन गर्न मंगलबार झापा जिल्ला अध्यक्ष देउमान थेबे लगायत नेताहरुले गुरुनिजी आश्रममा किरात धर्मगुरु समक्ष भेट दर्शन गर्नुभएको थियोे ।

अङसीमाङले भन्नुभयो नेपाली कांग्रेसका नेताहरु संग सम्बन्ध गिरिजाप्रसाद कोइला देखि यता भएको बताउनु हुँदै भन्नुभयो कोइरालाको लागि ब्यक्तिगत सेवा लगाइदिएको कुराहरु सुनाउनु हुदै भन्नुभयो होमादी लगाउदा आगो कमलको फुल जस्तै भएर उठ्यो । अलौकिक अध्यात्मिक शक्ति नै आयो वहाँ पनि छक्क पर्नु भयो ।

सिद्दिशक्ती प्रधानमन्त्री हुने शक्ति मागिदियौ पछि वहाँ प्रधानमन्त्री हुनुभयो । अङ्सीमाङले भन्नुभयो गिरिजाप्रसाद कोइरालाको पालामा हामिले धेरै योजना माग गरेका थियौ । माङसेबुङ धार्मिक स्थललाई विश्व सम्पदाको सुचिमा राख्न बढाइएको काम हाम्रै कार्यकर्ताको कमजोरीको कारण पूरा भएन । धेरै सहयोग गर्नेकुरा पछि भेटमा गिरिजाप्रसाद कोइरालाले बताउनु हुदा सो कुराहरु सुनाउनु हुदा हामिलाई छुकछुक लागेको कुरापनी अङ्सीमाङले बताउनु भयो ।

राजनीतिक पार्टी स्थापना र पार्टिले राज्य गर्नुपर्ने स्थितीमा देशमा आन्दोलन हड्ताल युद्ध हुन्छ मारामार हुन्छ सिदान्तको लागि हुने बताउनु भयो । त्यस्को निमित्त धेरै सहिद भएको छ । अङ्सीमाङले भन्नुभयो साम्यवादीहरु इस्वर छैन भन्छन् । वहाले भन्नुभयो हामी इस्वर छ भन्छौ । हामी अध्यात्मिकवादी हौ । विगतमा दन्दकालमा प्रचण्ड र बैध संग भेटवार्ता छलफल भएको बताउनु हुँदै भन्नुभयो हत्याहिंसा नगर्न प्रचण्ड लाई सुझाव दिएको सुनाउनु हुँदै धेरै मान्छे मारेर रगतको आहालमा राजनीतिक गर्नु ठिक होइन भनेको थिए।

‘ वहाले भन्नुभयो शान्तिको पक्षमा आउन आग्रह गरे अन्त्यमा शान्तिवार्तामा आएर मिल्यो । अङसीमाङले भन्नुभयो नेपाली जनताहरु शान्तिको पक्षमा रहेको बताउनु हुँदै भन्नुभयो यो देस नेपाल लाई विश्वमै शान्तिको रूपमा चिनाउन पर्ने बताउनु भयो । राजनीतिमा मान प्रतिष्ठा र पद र श्रेयमा बाझिने बताउनु हुँदै अन्तिम मा आएर शान्तिले मिल्नु पर्ने बताउनु भयो । राष्ट्रिय सभा सदस्य बस्नेत निर्णय मत गोला प्रथाले बिजयी हुनुभएकोमा खुशी ब्यक्त गर्नु हुँदै भन्नुभयो मन्त्री हुने लाइनमा पुगेको बताउनु हुँदै यस माङसेबुङ क्षेत्र इलाम , झापा लगायत विकासको कार्यमा लाग्न समेत अनुरोध गर्नु भयो ।

स्वास्थ्य क्षेत्रको लागि माङ्सेबुङ क्षेत्र पान्थर र इलाम छिमेकी क्षेत्र सुविधा हुने अस्पतालको आवश्यक रहेको जानकारी गराउनु हुँदै हस्पिटलको लागि सम्पूर्ण जग्गा जमिन तयारी रहेको पनि बताउनु भयो । यसक्षेत्रमा सुबिधा सम्पन्न अस्पताल खोल्ने सोचविचार रहेको बताउनु भयो । अङसीमाङले भन्नुभयो उपचारको क्रममा विराटनगरमा जादा मुख्यमन्त्री संग भेटमा कुराकानी भएको बताउनु हुँदै भन्नुभयो विगतमा खोलानाला बाट नाम राखिएको थियो ।

अङसीमाङले भन्नुभयो केपि ओलि पनि यहाँ आएर आशीर्वाद मागेर प्रधानमन्त्री हुनुभयो । तर, वहाँ आदिवासी जनजातिको भाषा धर्म संस्कृति अधिकारको लागि त्यति राम्रो तरिकाले सोच्नु हुन्न वहाले भन्नुभयो प्रदेशको नामाकरण नहुनुमा पनि केही गडबड थियोे जस्तो लाग्छ ।

प्रदेशको नामकरण ´ किरात सगरमाथा ` राखे १ नम्बर प्रदेश आर्थिक रुपले सम्पन्न विश्वमै ताराको रूपमा नमुनाको रूपमा रहने कुरा बताउनु भयो । इलाम र झापाको चर्चा गर्नुहुदै भन्नुभयो पन्चायत कालमा भन्दा अहिले विकास भएको बताउनु हुँदै भन्नुभयो अब पुर्वबाट सक्षम नेतृत्व लिडर जन्मिनु पर्ने बताउनु भयो । पवित्र मन भएको विकास गर्न असल नेता जन्मिए देश समृद्धि र जनता लाई सहि दिशानिर्देश गर्ने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य गोपाल बस्नेत लाई आयु संगै मन्त्री हुन आशीर्वाद दिनुहुदै भन्नुभयो यहाँ धेरै विकासका काम गर्नुछ जस्तै: दर्शनशाला,सभागृह निर्माण गर्नुछ । इलाम र झापा बाट आउनु भएका नेताज्युहरुलाई यहाको विकास निर्माणमा सहयोग गर्न अङसीमाङले अनुरोध समेत गर्नुभयो । अङसीमाङले भन्नुभयो यहाँ गेट निर्माण भयो धेरै प्रगति छ । आश्रमको लगानीमा बाटो निर्माण तिर्थमार्ग खनेको बताउनु हुँदै ।

म जन्मेको ठाउँमा पनि बाटो आश्रमको लगानी बाट आफ्नै लगानीमा निर्माण गरेको बताउनु भयो । वहाले भन्नुभयो झापाको दमकबाट ताप्लेजुङको ओलाङचुङ गोला सम्म सडक बाटो निर्माण भए विकास संगै धेरै जनताले आयस्रोतको माध्यम हुने बताउनु भयो । अङसीमाङले भन्नुभयो देशमा राज्यमा अशान्ती भए विकास नहुने बताउनु हुदै राज्यमा देशमा शान्ती भए देशमा विकास हुने कुरा बताउनु भयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ०३ बजे