६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गोविन्द र स्वस्तिका (भिडियो सहित)



द भ्वाईस अफ नेपाल सिजन ४ मा नकआउट चरणबाट बाहिरिएका गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बू र गायीका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मन छुने गीत ‘ऐना हेर्दै’ सार्वजनिक गरिएको छ ।

गीतकार विक्रम योङहाङ मुहिमको शव्द तथा गोविन्द चेम्जोङको संगीतमा जीतेन थुलुङ राईको परिकल्पना तथा निर्देशन गीत ‘ऐना हेर्दै’ सेप्माङ फिल्मस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्सटुडियोमा योगेस मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

गोविन्द र स्वस्तिकाको फिचरिङ रहेको भिडियोमा छायांकन, सम्पादन तथा कलर मनोज राईको र मेकअप कृष्ण पोख्रेलको रहेको छ ।

आन्छुमे नसानले तयार पारेको सामाग्री

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ३७ बजे