७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात धर्मगुरुबाट किरात सगरमाथाको प्रस्ताब :मुख्यमन्त्री राईलाई सन्देश



किरात समाचार: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई योजना प्रस्ताव माग पत्र बुझाएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन गुरुनिजी आश्रम सचिवालयको तर्फबाट मुख्यमन्त्री राजेन्द्र कुमार राईसमक्ष योजना प्रस्ताव माग पत्र बुझाएका हुन् ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द लिङ्देन सेइङ द्वारा हस्ताक्षरित योजना प्रस्ताव तथा ज्ञापन पत्रमा भनिएको छ, बिश्वशान्ती मानव एकता तथा चराचर सृष्टि रक्षार्थ मानवमुक्तिदाता महागुरु फाल्गुनन्दको अधुरो अपुरो कार्यलाई सफल गर्न अघि बढिरहेको छु । म किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द लिङ्देन सेइङ र मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन तर्फबाट तपाईं मुख्यमन्त्री लाई शुभ आशीर्वाद सहितको यसै पत्र मार्फत शुभ सन्देश प्रेशित गर्दछु ।’

साथै यस प्रदेश नं.१ को नाम ´किरात सगरमाथा` होस भन्ने मेरो मुख्य सदिच्छा रहेको छ।’ उक्त शिर्षकमै नामाकरण होस भन्ने सो योजना प्रस्ताव माग पत्र उल्लेख गरिएको छ ।

माङ्सेबुङ गाउपालिकाको वडा ५,२ र ३ लाई धार्मिक सास्कृतिक पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न सो क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार समक्ष ध्यानाकर्षण समेत गराइएको किरात धर्मगुरु गुरुनिजी सचिव खड्ग साबाले बताएका छन् ।

किरात धर्मगुरुज्युको प्रतिनिधी टोलिहरुले प्रदेश १ मुख्यमन्त्रीको कार्यकक्षमा बुधबार योजना प्रस्ताव माग पत्र बुझाइएको हो ।
यसरी योजना माग पत्र बुझाउन गएको टोलिमा गुरुनिजि सचीव खड्ग साबा,गुरुनिजी कानुनी सल्लाहकार द्वय एनएस फागो, भीम खत्री , गुरुनिजी कृषि समिती अध्यक्ष टिकाराम केरुङ , यलम्बर साबालगायत प्रतिनिधिहरुको सहभागि रहनु भएको थियोे ।

प्रस्तावना पत्र

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ५४ बजे