७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लिम्बुवान भोलेन्टियर्सद्वारा इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान



सुनसरी : संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको एल.भी. कमाण्डले सुनसरी जिल्लाको क्षेत्रीय इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ।

गत मंगलबार लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर गणेश मिभकद्वारा धरानमा आयोजित कार्यक्रममा कमाण्डरहरुलाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

भोलेन्टियर्सका सहकमाण्डर भुपाल चेम्जोङ, उपकमाण्डरहरु अदत लिम्बु, कैलाश गुरुङ, राजु लिम्बु त्यसैगरी मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको उपस्थितिमा सुनसरी निर्बाचन क्षेत्र १ र २ मा एलभी सह–इन्चार्ज नियुक्ति गरिएको हो ।

सो कार्यक्रममा क्षेत्र नं. १ मा झरेन्द्र देवान र क्षेत्र नं.२ मा बुद्ध राई नियुक्त भएका छन् । धरान उपमहानगर सिनियर फिल्ड कमाण्डर सरन लिम्बु त्यसैगरी सहफिल्ड कमाण्डरहरुमा देवेन्द्र चेम्जोङ र असु लिम्बु लगायत १५ सदस्यीय कमाण्ड गठन भएको छ ।

साजन पङयागुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य मञ्चका उपमहानगर अध्यक्ष सञ्जुहाङ साँबाले गरेका हुन भने कार्यक्रम राजकुमार वनेमले संचालन गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ५९ बजे