५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

किरात धर्मगुरुको ६९ औ जन्मोत्सवमा उपराष्टपति पुन माङ्सेबुङ आउदै



किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सवको अवसरमा उपराष्ट्रपति नन्दकिशोर पुन ( पासाङ ) मंसिर १८ गते आइतबार इलामको माङ्सेबुङमा आउने भएका छन्।

किरात धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औँ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह मंसिर १८ गते हुने जन्मोत्सव कार्यक्रममा धर्मगुरुलाई शुभकामना दिन उपराष्टपति पुन प्रमुख अतिथिको रूपमा माङ्सेबुङ आउने कार्यक्रम तय भएको समारोह अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

यसैगरी मंसिर १८ गते अङ्सीमाङ आत्मानन्द लिङ्देन ६९ औं जन्मोत्सव सेवा समारोह–२०७९ समुद्घाटन, आत्मानन्द कप खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा ६९ जना माङसेवासाबा तथा माङ्सेवासामाबाट माङगेन्ना सेवा मुन्धुम वाचन र साझमा नाहेनलाङ , माङ्लाङ साथै विविध साँस्कृतिक कार्यक्रम हुने समारोह आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ४१ बजे