७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : आज फाइनलमा तेह्रथुम र पाँचथर भिड्दै



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज दिउँसोको ३ बजे  हुने फाइनल खेलमा छथर गाउँपालिका तेह्रथुम र तिजोक फुटबल क्लव पाँचथरबिच प्रतिष्पर्दा गर्दैछन् ।

त्यस्तै फुटबलका अतिरिक्त खेलहरु  म्याराथन  लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो हान्ने, धनुकाँड, कराँते लगायतका खेलहरु मंसिर १८ गते बिहानको ७:०० बजेदेखि आयोजना हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता जनाएको थियोे ।

फाइनल विजेताले टिमले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ३७ बजे