७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ताप्लेजुङमा लिम्बुवानको टोलसमिती गठन,विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश



ताप्लेजुङ : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल ताप्लेजुङले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

गत बुधबार ताप्लेजुङको मेरिङ्देङ २ सान्थाक्रामा भएको घरदैलो कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि ३० भन्दा धेरैजना लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् । उनिहरुलाई मञ्चका प्रदेश समन्वय समिति सचिव नविन पोमू, लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ, प्रान्तीय सचिव रीता मादेन र प्रान्तीय सदस्य रुपा चोङबाङ लगायत नेताहरुको उपस्थितिमा बुधबार पार्टीमा प्रवेश गराइएको हो ।

यसैगरी सान्थाक्रा हाङजाममा देवेन्द्र नाल्बोको अध्यक्षतामा ४३ सदस्यीय टोल समिति गठन भएको छ । सचिव गणेश केदेम सहसचिव सेसे केदेम,अर्थ सचीव मनकुमार यक्सो र बुद्धिमान आवाजुङ चयन भएका छन् ।

सदस्यहरु वीर ब केदेम, मन कुमार माङ्मु, बुद्ध माया सावा केदे, रुपा मादेन केदेम, सलिन श्रेङ्ग लिम्बू, रमित मदेन्छन कुन्त, मन कुमारी श्रेङ्ग, टंक माया केदेम, बाल कुमारी केदेम वने, कबिता केदेम, सुमित्रा केदेम, सनेस केदेम, नरेन्द्र केदे, सुस्मा केदेम, खगेन्द्र यक्सो, बिस्णु यक्सा, मन कुमार यक्सो, मात्रीका यक्सो, पदम यक्सो, गोबिन्द यक्सो, धन प्रसाद आवाजुङ, मिना कुमारी बि क, बिस्णु माया यक्सो, नर कुमारी आवाजुङ, राजेस यक्सो, जीवन यक्सो, गगन केदेम, अम्मर बि क, विशाल नेयोङ, सुभाष यक्सो, तारा सिंह यक्सो, राम कुमारी लिम्बु र धन ब नाल्बो चयन भएका छन् ।

सल्लाहकार समितिमा सुवास नाल्बो, खगेन्द्र यक्सो, मिस्लाखहाङ यक्सो, नरेश यक्सो र अमृत यक्सो चयन भएका छन् । ताप्लेजुङ जिल्ला स्थित सबै वडाहरुमा घरदैलो कार्यक्रम निरन्तररुपमा भईरहेको प्रान्तीय सचिव लाबुङ्ले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २० बजे