७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नालीफूङ्वा मोरङको पाचौं सम्मेलन चैत ३,४ र ५ हुने



किरात समाचार : किरात धर्म सम्बद्ध युवाहरुको साझा संगठन किरात साम्यो नालीफूङ्वा थुम पान्जुम्भो मोरङको पाँचौ सम्मेलन हुने भएको छ ।

गत फागुन ६ गते मोरङको पाटीगाउँमा सम्मेलन तयारीको लागी बसेको नालीफूङ्वा पान्जुम्भोको संयुक्त बैठकले पाचौ सम्मेलन मोरङको लेटाङमा आयोजना गर्ने निर्णय गरेको हो ।

नालिफुङ्वा पान्जुम्भोको जिल्ला सम्मेलन आगामी चैत ३,४ र ५ गते मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा न. ४,अवस्थित किरात हाङसाम माङहिमको प्रागणमा हुने अध्यक्ष आकाश लङ्वा लिम्बुले बताए । नालीफूङ्वाहरुको बृहत् उपस्थितिमा सम्मेलन भव्य कार्यक्रमको साथ सम्पन्न गरिने पान्जुम्भोले जनाएको छ ।

नालिफुङ्वा अक्षयकोष
किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो मोरङले संगठनको विकास र दिगो आर्थिक ब्यवस्थापनको लागि नालिफुङ्वा पान्जुम्भो मोरङले लक्ष्य लिइएको अक्षयकोष अपिलमा उल्लेख गरिको छ । नालिफुङ्वा अक्षयकोष मोरङ स्थापनाको लागि फागुन १३ गतेदेखि २५ गतेसम्म घरदैलो अभियान संचालन गरिने पनि जनाइएको छ ।

कार्यक्रमको रुपरेखा
२०७८ चैत ३ गते साक्मुरा वादेम्मा,नाम्धुङ लाधुङसेमी सेवा र साझमा सामुहिक माङगेन्ना कार्यक्रम गरिने जनाइएको छ ।
चैत ४ गते पाचौं सम्मेलन समुद्गघाटन ,बन्दसत्र,समिती चयन र सपथ ग्रहण ।
चैत ५ गते भावी कार्ययोजना कार्यक्रम घोषणा , जलपान संगै बिदाइ हुनेछ ।

सम्मेलन कार्यक्रममा प्रत्येक गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजक अध्यक्ष आकाश लङवाले बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : १८ बजे