९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

किरात धर्मगुरुद्वारा निर्वाचित सांसदहरुलाई शुभ आशीर्वाद तथा जलपान कार्यक्रम ( फोटोफिचर )



किरात समाचार । माङ्सेबुङ विकास समितिको आयोजनामा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसदहरूलाई शुभ आशीर्वाद टीका ग्रहण, शुभकामना आदानप्रदान एव जलपान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार इलामको माङ्सेबुङ –५, गुरु निजी आश्रम लारुम्बा अवस्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितिमा निर्वाचित सांसदहरूलाई शुभ आशिर्वाद सहित आशीर्वचन प्रदान गर्नुभएको थियोे

शुभ आशिर्वाद तथा जलपान  कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरु सुवास चन्द्र नेम्बाङ, बसन्तकुमार नेम्बाङ, देवराज घिमिरे, राजेन्द्रप्रसाद लिङ्देन, लालप्रसाद साँबा, महेश बस्नेत, राजेन्द्रकुमार राई लगायत उपस्थित रहनु भएको थियो ।

यसरी नै प्रदेश सभाका सदस्यहरु इन्द्रबहादुर आङबो, राम राना मगर, रितिकेश पोखरेल, तिलकुमार मेन्याङवो, खगेन्द्रसिं हाङगाम, सम्शेर राई, होम थापा, कमलप्रसाद जवेगु, खडगबहादुर बस्नेत, उमाकान्त गौतम, राधाकृष्ण खनाल, छविलाल चुडाल, एकराज कार्की, तिलचन पाठक, भक्तिप्रसाद सिटौला, सविना बजगाई, प्रेम श्रेष्ठ लगायतका प्रदेश सभाका सांसदहरु आशीर्वाद ग्रहणका लागि आएका थिए ।

प्रतिनिधि तथा प्रदेश सांसदहरूलाई अङ्सीमाङ तथा अङ्सीमामाङबाट शुभ आशीर्वाद टीका ग्रहण, शुभकामना आदानप्रदान एव जलपान कार्यक्रम यसपटक आउन नभ्याउने सांसदहरुको लागि पुनः दोस्रो चरणमा कार्यक्रम आयोजना गरिने आयोजक माङसेबुङ विकास समितिले जनाएको छ ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

माङसेबुङ विकास समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेको कार्यक्रमलाई भगिहाङ नेम्बाङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ०१ बजे