५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

शुभम पावरको आइपिओ निष्कासन



काठमाडौ । शुभम पावरको आइपिओ आज (बुधबार)देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

उक्त सेयर खरिदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन सक्छन् भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर ‘मेरो सेयर’ प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५२ बजे