किरात समाचार । संसारभरका क्रिश्चियन धर्मालम्बीले २५ डिसेम्बर आज येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस डे मनाउँदैछन् ।
जेरुसलमको बेथलेहममा कन्या मारियमको कोखबाट २००० बर्षअघि येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । यस्तै आज देशभर येशुको सम्झना गर्दै चर्चमा प्रार्थना गर्ने र विविध कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिन्छ ।
क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।