७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आब्रहम कोहल किरात धर्मगुरुसङ्ग भेट दर्शन



किरात समचार: किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङको भेट दर्शनमा आब्रहम कोहल माङ्सेबुङ पुगेका छन ।

शुक्रबार इलामको माङ्सेबुङस्थित गुरुआश्रम निजि दर्शानलयमा अङ्सिमाङ लिङ्देन सेइङसङ्ग नेदरल्यान्डका आब्रहम कोहलले भेट दर्शन गरेको हो ।

भेटमा कोहलले यसरी शान्तिका लागि लाग्नुभएका किरात धर्मगुरुको कार्यलाई विश्वभरी प्रचार प्रसारमा सहयोग पुर्याउने बताए । उनले अफ्रिका, कङ्गो लगायतको देशमा शान्तिका लागि कार्य गर्ने माहात्माहरुको भेट गरेको छु, तर किरात धर्मगुरुले गर्नुभएको कार्यले मलाइ प्रेरित गरिरहन्छ ।

उनले बिश्व यस्तो परिस्थितिमा आइरहेको छ के गर्ने तयारीमा हुनुहुन्छ भन्ने प्रश्न गुरुलाई राखेका थिए । सन्सारमा शान्ति र मिलापको सन्देश आवश्यक रहेको छ यो बिसयमा गुरुको मनमा पनि लागेको होला ।

भेटमा किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङले बिश्व शान्ति मानव एकता आजको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, बिश्वका धर्मावलम्बी एकता भएर जानुपर्ने दिनपनि आएको छ । सन्सारमा सत्यताको पछाडि लागेका छौ, यदि सत्यतालाई नपछ्याउने हो भने विध्वंस हुने पनि बताउनु भयो ।

भेटमा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिङ थेगिम, गुरु निजि कृषि समिती अध्यक्ष टिकाराम केरुङ, पुर्व गुरुनिजि सचिब नवीन लिङ्देन, साहित्यकार हरि चोङ्बाङ ज्योतिष चन्द्रकुमार सेर्मा, येहाङमुक कोक्माका अध्यक्ष इन्द्रहाङ आङ्देम्बे, गुरु शेवक बाजहाङ योङ्हाङ लगायतको उपस्थिति रहेको थियो ।
भेट दर्शनको औपचारिक कार्यक्रम भगिहाङ नेम्बाङले गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १ : ०९ बजे