२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

माङ्सेबुङमा १३ औ पवित्रहाङमा कप २३ माघ देखि संचालन हुने



किरात समाचार । इलामको माङसेबुङमा पवित्रहाङमा कप  महिला फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।

किरात धर्मगुरु आमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७औं जन्मोत्सवको अवसरमा  माघ २३ गतेदेखि फागुन ३ गतेसम्म आत्मानन्द रंगशालामा १३औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा प्रतिष्ठित फुटबल क्लबहरुको सहभागिता रहनेशनिबार इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

यस्तै सहभागि टिमहरुमा माङसेबुङ गाउँपालिका, रोयल स्पोर्टिङ क्लब, दमक झापा, धनकुटा जिल्ला फुटबल संघ, धनकुटा, गाईघाट एफ.सि., उदयपुर, जनता सेभेन स्पोर्टिङ क्लब, सुर्योदय नगरपालिका इलाम र कन्काई नगर खेलकुद प्रतिष्ठान झापा , नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, सुनसरी, कर्णसिङ सोनाम एफ.सि. ताप्लेजुङ र एम.एफ.सि. दार्जिलिङ भारत सहभागीता रहेको जनाइएको छ

विजेताले नगद रू.दुई लाख १ सय ६७ रुपैयाँ , ट्रफी र उपविजेताले नगद रू. एक लाख १ सय ६७ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । फुटबल प्रतियोगिताको अतिरिक्त खेलहरु म्याराथन, पक्लुङ लेप्मा, लठ्ठा तान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियो धागो उन्ने र कराँते लगायतका खेलहरु हुने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमले आयोजना गरेको १३ औ पवित्रहाङमा कप फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ४ : ०६ बजे