७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मन्त्री आङ्बोद्वारा वडा कार्यालयको भवन उद्घाटन



पान्थर: फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय भवन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार उद्घाटन गरेका छन् ।

गाउँपालिकाको मेहेलबोटेमा ५१ लाख ७५ हजार ७ सय २ रुपैयाँको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नरेन्द्रप्रसाद रिजाल सितादेवी अधिकारी डुर्न प्रसाद रिजाल र गङ्गादेवी रिजालले वडालाई ३ रोपनी ४ आना जग्गा निशुल्क प्रदान गरेको जनाइएको छ । सो कार्यक्रममा अन्दाजी ६ लाख मूल्य बराबरको निशुल्क प्रदान गर्ने जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री आङ्बोले पुर्वाधार बिकासले गति लिएको बताउनु भयो । राजनीतिक आस्था फरकफरक भएपनि बिकास निर्माणका कार्यमा पुर्वाग्रह नराखी सबै एकजुट भएर अघि बढ्नुपर्ने मन्त्री आङ्बोको भनाइ थियो ।

गाउँपालिकाको अधिकांश स्थानमा निर्माणाधीन रहेका सडकको स्तर उन्नतिमा प्रदेश सरकार सधै तत्पर रहनु पर्छ’ मन्त्री आङ्बोले भन्यो– ‘राजनीतिक अस्थिरताले मुलुक किचोलिरहेको छ । बिशेष गरेर एम सि सि को कुराले त झन सदन र सडक तातिरहेको अवस्था छ, गठबन्धनको सरकार कतिबेला के हुने भन्ने आशङ्का बढ्दै गएको छ ।’

एम सि सि पास गर्नु हुन्न भन्ने कुरा होइन तर त्यहाँ भित्र रहेका बुदाहरु संसोधन गर्नुपर्छ भन्ने मन्त्री आङ्बोको भनाइ थियो ।

कार्यक्रममा फाल्गुनन्द गाउपालिका अध्यक्ष बिरबहादुर कुरुम्बाङ उपाध्यक्ष देबित्रा आङ्देम्बे र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक लगायतको उपस्थिति रहेको थियो

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २८ बजे