७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिकालाई हराउदै मिक्लाजुङ मोरङको विजयी सुरुआत



किरात समाचार:  माङसेबुङमा आजदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा आयोजक टिम माङसेबुङ गाउँपालिकालाई हराउदै  नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ ।

माङसेबुङ ५, मा अवस्थित  आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको हो ।

विजयी टिमकी तर्फबाट इन्जुरी  समयमा जर्सी नम्बर १० की पुर्णिमा राईले १ गोल गर्दै विजयी सुरुवात गरेको छ । खेलको म्यान अफ द म्याच राई नै घोषित भइन् ।

मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एफ.एफ.सी. दार्जिलिङ भारतबीच खेल हुनेछ । खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ०१ बजे