७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज माउण्ट एभरेष्ट र गाइघाट फुटबल उदयपुरबिच प्रतिस्पर्धा हुदै



किरात समाचार : माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी र गाइघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा माउण्ट एभरेष्ट सुनसरी र गाइघाट उदयपुरबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

मंगलबार भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित गर्दै एम.एफ.सि. दार्जिलिङ, भारतले जित निकालेको छ ।

विजेताले नगद २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ५५ बजे