७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरीले विजयी सुरुवात



किरात समाचारः माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरीले विजयी सुरुवात गरेको छ ।

इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले परजित गर्दै माउण्ट एभरेष्ट सुनसरीले बिजयी सुरुवात गरेको हो ।

खेलको पहिलो मिनेटमा नै सुजता घलानले गोल गर्दै उदयपुरलाई अग्रता दिलाईन् ।  त्यसपछि खेलको दोस्रोहाफमा इमा राईले फ्रिकिक्बाट सुन्दर गोल गर्दै सुनसरीलाई बराबरीमा फर्काइन् ।

त्यपछि खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको हो ।

ट्राइब्रेकरमा माउण्ट एभरेष्ट सुनसरीको जितमा इमा राई, झिना बिष्ट, पवित्र राई र कल्पना कार्कीले गोल गरिन् भने आशा लिम्बूको प्रहार उदयपुरका गोलकिपर झरना राईले बचाउ गरिन् ।

यस्तै गाइघाट उदयपुरका लागि भने मनिसा थापा मगर, समिक्षा मगर र मनिता तामाङले गोल गरिन् भने सुजिता घले र जेनिफोर रानामगरको प्रहारलाई सुनसरीका गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गरिन् ।

पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बिहिबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलामबिच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १३ बजे