७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप : सेमिफाइनलमा आज धनकुटा र दार्जिलिङ प्रतिस्पर्धामा भिड्दै



माङसेबुङ ।  पवित्रहाङमा कप फुटबल प्रतियोगिता २०७९ अन्तरगत सोमबार आज दोस्रो सेमिफाइनल खेल हुदैछ । धनकुटा पुटबल खेलकुद संघ धनकुटा र एम एफ सी दार्जीलिङ भारतबीच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा दिउसो ३  बजे सुरु हुने प्रतियोगितामा धनकुटा र दार्जीलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ  र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ  प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : १४ बजे