१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

कुम्मायक गाउपालिकामा विश्व शान्तिको लागि सताहव्यापि सेवाको तयारी तिव्र (तस्बीर सहित)



किरात समाचारः विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेक सप्ताहव्यापि सेवाको तयारी तीब्र रूपमा गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ’सेइङ’ तथा ममतामयी गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्माज्यूहरुको देव उपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवाको तयारी तीब्र रूपमा गरिएको आयोजक समितिले जनाएको छ ।

कुम्मायक गाउपालिकास्थित यासोक कुम्मायक प्रसिद्ध माङहिममा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सप्ताहव्यापि विश्व शान्ति मानव एकताका लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवा आयोजना गरिएको समितिले जनाएको छ ।

फागुन ५ गतेदेखि १२ गतेसम्म हुने सेवामा किरात धर्मगुरु र गुरुआमाको देवसवार सेवा स्थलमा सावायेहाङ किरातको चोत्लुङ स्थापनाको लागि १८ फिट शिला स्थापना हुने आयोजक समितिका अध्यक्ष शेरबहादुर लाओतीले किरात समाचारलाई बताएका छन् । अध्यक्ष लाओतीका अनुसार सेवा सम्पन्न गर्नका लागि करिब ३ करोड रकम सकिने अनुमान गरेका छन् । सेवाको लागि किरात धर्मावलम्बी गैह्र धर्मावलम्बीबाट सहयोग जुटिरहेको पनि बताउनु भयो ।

यस्तै पानीको अभाव भएको यासोक आसपास क्षेत्रमा तमोर खोलाबाट पम्पीङको भर परेको सेवा स्थलमा कुम्मायक प्रसिद्ध माङहिममा सेवाभरि पानीको अभाव सृजना हुन नदिन गाउपालिकाले सक्दो सहयोग गर्ने कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लाओतीले बताउनु भयो । लाओतीका अनुसार सेवा स्थलमा शान्ति सुरक्षाका लागि सिसिटिभी जडान समेत गरिएको बताए ।

यसअघि आठराई गाउँपालिका र हिलिहाङ गाउपालिकाको संगमस्थल नक्कलेघाट तमोर नदिमा सावायेहाङ माङहुप वदेम्मा र फिदिम नगरपालिकाको सुमहात्लुङमा सेवा सम्पन्न भईसकेको छ ।

सावायेहाङ किरात चोत्लुङ शिला तयार गर्दै

 

सेवास्थलमा बत्ती व्यापस्थापनका लागि समितिका महासचिव मदन इङनाम र सहकोषाध्यक्ष मेनेन्द्र सेर्मा
सेवास्थल जाने बाटो मर्मत गर्दै तस्बीरमा याम लाओती (यासोक)

 

सेवाको लागि आवश्यक बासको ल्याउदै कुम्मायक गाउपालिका

 

सेवा स्थलमा पानी अभाव नहुनका लागि ट्याङकी जम्मा गर्दै
सेवाको तयारी गरिदै भक्तजनहरु खाना खादै
सेवामा ध्वाजाको लागि

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : ०६ बजे