६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिकाले दियो आगलागी पीडित लिम्बूको परिवारलाई राहत



किरात समाचार । माङसेबुङ गाउँपालिकाले आगोलागी पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । माङ्सेबुङ वडा नम्बर २ का आगालागी पीडित हस्तविर लिम्बूको परिवारलाई गाउपालिकाले आपतकालीन राहत उपलब्ध गराइएको हो ।

पालिकाको विपत व्यवस्थापन कोषबाट खाधन्न २ बोरा चामाल, दाल तेल, मसला र भाँडावर्तन, सिरक लगायत सामाग्री माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका थिए ।

शनिबार दिउँसो आगलागी हुँदा लिम्बूको घर जलेर नष्ट भएको थियो । आगलागीमा १४ लाख ४६ हजार बराबरको धनमाल जलेर नष्ट भएको इभाङ प्रहरीले जनाएको छ ।

राहत वितरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष कृष्ण बस्नेत, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, विपत व्यवस्थापन समिति फोकल पर्सन युवराज दाहाल, लेखाशाखाबाट राम दुलाल, वडा नम्बर २ का वडा सदस्य मनिकुमार राई, पत्रकार बालकृष्ण बस्नेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ४१ बजे