२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

सोलुखुम्बुमा धान उत्पादन १५ प्रतिशत बढीले घट्यो


२६ पुस २०७८, सोमबार  

0
Shares

सोलुखुम्बु : सोलुखुम्बुमा यस वर्ष धान उत्पादनमा १५ प्रतिशत बढीले गिरावट आएको छ । कार्तिक पहिलो साता परेको बेमौसमी बर्षातका कारण गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा १५.७५ प्रतिशतले गिरावट आएको कृषी ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्यांकअनुसार एक हजार पाँच सय २५ हेक्टरमा लगाएको धानबालीमध्ये चार सय ४१८ हेक्टरको  धानबालीमा  पुर्ण रुपमा क्षति भएको थियो । गत वर्ष  १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलबाट ३ हजार ६ सय २० मेट्रिक टन धान उत्पादन भएको थियो ।

तर यस वर्ष ३ हजार ५० मेट्रिक टन  मात्रै उत्पादन भएको केन्द्रका कृषी प्रसार अधिकृत प्रदिप कुमार यादबले जानकारी दिनुभयो ।  जिल्लाको नेचासल्यान, तिङला, पन्चन, जुबु, मुक्ली, सोताङ, महाकुलुङ र माप्यदुधकोसीका विभिन्न क्षेत्रहरुमा धान उत्पादन हुँदै आएको छ

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४२ बजे