किरात समाचार । विश्व शान्ति तथा मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सप्ताहव्यापी लाधुङसेमी सेवा सम्पन्न भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको गरिमामय समुपस्थितिमा आइतबार सम्पन्न भएको सेवामा सहयोगदाताहरुलाइ सम्मान तथा माङ्वाहाङ्वा वितरण गर्नुभएको थियोे ।

यसैगरी किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीमा चैत ६ गतेदेखि सुरु भएको सेवामा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी अङ्सीमाङ तथा अङसीमामाङले उपस्थित किरात धर्मावलम्बीहरुलाई सेसे साङसाङ गर्नुभएको थियो ।

यसअघि माघ १२ गते तमोर नदिको नक्कले घाटस्थित माङहुप वादेम्मा गरिएको थियो । र, भोलिपल्ट माघ १३ गते पान्थर फेदेनको सुम्हात्लुङ गढी येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो । भने, फागुन ५ गतेदेखि १३ गतेसम्म पान्थर यासकको कुम्मायक कुसायकमा लाधुङसेमी सेवा गरिएको थियो ।

किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिका अध्यक्ष शेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न सेवामा तुम्याहाङको रुपमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, कुमार लिङ्देन लगायतका तुम्याहाङहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेङ ताप्फेक माङहुप वादेम्मा सेवा समिति अध्यक्ष शेर बहादुर लाओती अध्यक्षतामा भएको माङ्वाहाङ्वा वितरण कार्यक्रम उदयविक्रम तुम्बापोले सञ्चालन गरेका थिए ।


