६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मल्टिमिडिया पत्रकारिता तालिम सुरु



किरात समाचार: मल्टिमिडिया पत्रकारिता तालिमको आयोजना गरिएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जिल्लामा पहिलो पटक चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम संचालन गर्न लागेको हो ।

नयाँ बुलन्द डटकमको सातौं वार्षिक उत्सवको अवसरमा तालिम आयोजना गरिएकोको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक राम योङहाङले बताए ।

फाकफोकथुम  गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाले उद्घाटन  गरेको तालिम वैसाख १ गते सम्म सञ्चालन हुनेछ ।

माङसेबुङ र फाकफोकथुम गाउँपालिकासँगको साझेदारिमा भइरहेको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिममा पत्रकारलाई अनलाइन पत्रकारितासँगै मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाईनेछ ।

पछिल्लो समय अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गर्न लागिएको सम्पादक योङहाङले बताए ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ३२ बजे