बैशाख ः इलाममा लागेको मेलामा भागदौड हुँदा १७ जना घाइते भएका छन् । ठूलो टुँडिखेलमा लागेको मेलामा ठेलमठेल सहित भागदौड हुँदा १७ जना घाइते भएको छ ।
इलाम अस्पतालमा उपचाररत १७ जना उपचारमा आएको बुझीएको छ । छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको छ । २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते हुनेमा इलाम नगरपालिका ७ की प्रभा भट्टराई, सूर्योदय नगरपालिका १४ की कुमारी लिम्बु, देउमाई नगरपालिका छ की अन्जु राई, सूर्योदय नगरपालिका १४ कै मिलन लिम्बु, देउमाई नगरपालिका २ की प्रविना राई, फाकफोकथुम ७ की. दृष्टि भूजेल, रहनु भएको छ । त्यस्तै फाल्गुनन्द गाउँपालिका पाँचथरमा सन्दीप चेम्जोङ्ग, फाकफोकथुम गाउँपालिका २ की टेकमाया राई, इलाम नगरपालिका ५ का काजल राई, इलाम नगरपालिका ७ का रमेश बुढाथोकी, इलाम ८ की सुनिता तामाङ, सोही ठाउँकी लक्की शेर्पा, इलाम ७ की प्रज्ञा भट्टराई, फाकफोकथुम २ को सानो नानी साजन राई रहेको बताइएको छ । अन्य दुई जनाको नाम खुलेको छैन ।
राहसल अनाथालय सहयोगार्थ इलाम टुँडिखेलमा जारी मेलामा साँझको समयमा सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । सोही मेलामा टिकट लिएर भित्र छिर्ने क्रममा टुँडिखेलको गेटमा ठेलमठेल भएके थियो । सोही क्रममा अगाडी भएका मान्छे लडेपछि मान्छेमाथी खप्टिएर सो संख्यामा मान्छे घाइते भएका हुन् ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अवस्थालाई सामान्य बनाउन मेला राती १० बजेपछि स्थगित भएको थियो ।


