२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

सहिद लाजेहाङको शवयात्रासहित बेलबारीमा गरियो अन्त्येष्टि [ फोटो ]



किरात समाचार । कोशी नाम खारेजीको आन्दोलनमा निधन भएका पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ को अन्त्येष्टिको लागि शवयात्रा गरिएको छ । शनिबार धरानमा श्रद्धाञ्जली अर्पण र शोकसभा गरि इटहरी,विराटनगर हुँदै लाजेहाङको घर बेलबारीसम्म शवयात्रा गरिएको हो ।

सहिद लाजेहाङको शवयात्रामा विराटनगरस्थित रोडशेष चौकमा निषेधित क्षेत्र कार्यकर्ताले तोड्न खोजेपछि प्रहरीसंग झडप भएको थियोे । प्रहरीले स्थिति नियन्त्रणमा लिन सयौ सेल अश्रुग्यास प्रहार गरेको थियोे । सो झडपमा ३ नेपाल प्रहरी र ३ सशस्त्र प्रहरी घाइते भएको जनाएको छ । आन्दोलरत पक्षका ६ जना घाइते भएको  संघर्ष समितिले जनाएको छ ।

शवयात्रासहित अन्त्येष्टिको लागि सहिद लाजेहाङको निजिनिवास बेलबारि लालभित्तिमा शवलाई केहिबेर राखिएको थियोे । फेदाङबाले याक्थुङ लिम्बूको मृत्यु कर्मसस्कार गरेर पुरानो बेलबारी बन कार्यलय छेउ देखि १ किलोमिटर दक्षिण कियाचु बेलबारिको जमिनमा सहिद लाजेहाङको अन्त्येष्टि गरिएको छ ।

गत चैत्र ५ गते विराटनगरमा प्रदेश नं. १ को नाम कोशी खारेजीको माग गर्दै आयोजित बृहत जनप्रदर्शनको क्रममा प्रहरीको लाठ्ठी प्रहारबाट टाइकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बि.पि. मेमोरियल प्रतिष्ठानमा चैत १० गते निधन भएको थियो ।

सरकारले चैत २४ गते पदम कुमार लिम्बु (लाजेहाङ)लाई राष्ट्रिय शहीद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । उनको शवलाई लिम्बुवान भोलेन्यिटर्सले श्रद्धाञ्जली अर्पण गर्दै सलामी दिएको थियो ।

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : १४ बजे