किरात समाचार । तेह्रथुममा निर्मित बहुप्राविधिक शिक्षालय उद्घाटन गर्न पुगेका नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्ध पहिचान पक्षधरहरुले नाराबाजी गर्दै कालो झन्डा देखाएका छन् ।
शुक्रबार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहित तेह्रथुमको आठराई गाउँपालिका-४ पुग्दा ओलि र नेम्वाङलाई प्रदेशको नाम कोशी खरेज गर , केपी ओलि मुर्दावाद , बंशगद्दार सुवास नेम्बाङ होशियार जस्ता नारा लगाउदै प्रदेश न. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।
कार्यक्रम ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराइ गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजना शिलान्यास गरे ।
संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै भने ।, जबर्जस्त एमाले, कांग्रेस र माओवादीले प्रदेशको नाम कोशी राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रिएको बताएका थिए ।


