२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

गायिका थोकफेला लिङदेन र गायक लक्षमण कुरुम्बाङको आवाजमा पालाम ‘थोकफेला फुल्यो’ सार्वजनिक



गायिका थोकफेला लिङदेन र गायक लक्षमण कुरुम्बाङको आवाजमा पालाम ‘थोकफेला फुल्यो’ सार्वजनिक गरिएको छ । बिनोद आङदेम्बेको शव्द संकलन तथा शिव कुमार सम्बाहाङफेको लय संकलन रहेको पालाम ‘थोकफेला फुल्यो’ को भिडियो सार्वजनिक गरिएको हो ।

पालाममा थोकफेला लिङदेन, मनकुमारी खिम्दिङ, नुसीहाङमा सावदेन, सुनिता किराती, लोकमाया पालुङवा, चित्रमाया सम्बाहाङफे, खड्क साम्बा, रानिटारे साईला, लक्षमण कुरुम्बाङ, रामप्रसाद लाओती, लावुनहाङ केरुङ, मानबहादुर खपाङगी, देवराज आङदेम्बे र पिमुक इवाहाङ लगायतले अभिनय गरेका छन् ।

थोकफेला गार्मेन्टको प्रस्तुतिमा श्याम लिम्बूको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ राजु कार्कीले गरेका हुन् । सुनिता किरातीको मेकअपमा कृ्ष्ण थलङले छायांकन तथा सम्पादन गरेको पालाम भिडियो सिमिक्लुङ दर्पणबाट सार्वजनिक गरिएको हो ।

 

पालाम हेर्नुहोस…

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ५ : ०७ बजे