५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

काठमाडौमा पहिचानको लागि युवा घोषणा



काठमाडौँ । पहिचानको लागि युवा काठमाडौँ उपत्यका समिति गठन गरिएको छ । शुक्रबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी  जहरमान थेवेको संयोजकत्वमा २०१  सदस्यीय  युवा दस्ता  घोषणा गरिएको हो

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको हो । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : ३५ बजे