८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

माङसेबुङ गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति सेवा



माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकाले वैदेशिक रोजगारीमा  जानेहरुको लागि श्रम स्वीकृति सेवा सुरु गरेको छ ।

आइतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुद्धि खतिवडाले पहिलोपटक टेकेन्द्र रानालाई श्रम स्वीकृति पत्र उपलब्ध गराएर सेवा सुरु गरेका हुन् ।

रानाले कतार जानका लागि पालिकाबाटै पहिलोपटक श्रमस्वीकृति लिन पाउँदा खुशी भएको बताए ।

मन्त्रिपरिषद्को २०७९ चैत १६ गते गरेको निर्णय अनुसार  स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु भएको हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ४१ बजे